Dhulikhel Eco Banner new

उच्च अंकले बढ्यो शेयर बजार, २३६ कम्पनीको शेयर मूल्यमा वृद्धि

1.92K
shares

काठमाडौं, ११ कात्तिक । मंगलवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ६२.२९ अंकले बढेर २,५७१ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २३६ कम्पनीको शेयर मूल्य बढेको छ भने १२ कम्पनीको शेयर मूल्य घटेको छ भने २ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ४ अर्ब ५७ करोडको कारोबार भएको हो ।

उच्च अंकले बढेको शेयर बजारमा ङादी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी, हिमालयन पावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ६.३६ प्रतिशतका दरले गुमाएका हुन् ।