Dhulikhel Eco Banner new

शेयर बजारमा १२ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.86K
shares

काठमाडौं, ११ कात्तिक । मंगलवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ६२.२९ अंकले बढेर २,५७१ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २३६ कम्पनीको शेयर मूल्य बढेको छ भने १२ कम्पनीको शेयर मूल्य घटेको छ भने २ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ४ अर्ब ५७ करोडको कारोबार भएको हो ।

उच्च अंकले बढेको शेयर बजारमा हिमालयन पावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ६.३६ प्रतिशतका दरले गुमाएका हुन् ।

यसदिन युनिलिभर नेपालका लगानीकर्ताले ३.८८ प्रतिशतका दरले गुमाएका छन् भने बोर्टलर्स बालाजुका लगानीकर्ताले ३.७७ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी महिला लघुवित्तका लगानीकर्ताले ३.३५ प्रतिशतका दरले कमाएका छन् भने ग्लोबल आइएमइ समुन्नत योेजनाका लगानीकर्ताले ३.०७ प्रतिशतका दरले गुमाएका छन् ।