शेयर बजारमा ४ अर्ब ५७ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ कात्तिक ११ मंगलवार १५:२५
2.52K
shares
shares

काठमाडौं, ११ कात्तिक । शेयर बजारमा ४ अर्ब ५७ करोडको कारोबार हुँदा हिमालयन पावर पार्टनरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको २४ करोड ९४ लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन युनियन हाइड्रोपावरको २३ करोड २२ लाख रुपैयाँ कारोबार भएको छ भने राधी विद्युतको २१ करोड ९८ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरी बुटवल पावरको १९ करोड ४७ लाख रुपैयाँ कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चरको १९ करोड ३५ लाख रुपैयाँ कारोबार भएको छ ।


















