एनआईसी एशिया बैंकका ग्राहकहरूका लागि विशेष छुट सुविधा
वि.सं.२०८२ कात्तिक ११ मंगलवार १६:४९
shares

काठमाडौं, ११ कार्तिक । एनआईसी एशिया बैंकका आदरणीय ग्राहकहरूले अब काठमाडौंको कमलादीस्थित स्काइवाक टावरमा सेवा लिँदा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । वन्डर्स नेपाल प्रा. लि. द्वारा सञ्चालित स्काइवाक टावरमा विशेष छुट सुविधा उपलब्ध गराउने सम्बन्धमा एनआईसी एशिया बैंक र सो कम्पनीबीच सम्झौता सम्पन्न भएको हो। यस सम्झौतासँगै बैंकका ग्राहकहरूले स्काइवाक टावरमा सेवा लिँदा डिजिटल भुक्तानी प्रयोग गरेमा छुटको सुविधा प्राप्त गर्न सक्नेछन्।
यो सुविधा लिनका लागि ग्राहकहरूले एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गर्न सक्नेछन्, अथवा मोबैंक एप मार्फत भुक्तानी गर्न सक्नेछन् । यस सहकार्यले ग्राहकहरूलाई छुट सुविधा प्रदान गर्नुका साथै, मुलुकमा डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन र नगदरहित कारोबार संस्कृतिको विकासमा सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।


















