Dhulikhel Eco Banner new

बैंकिङ प्रणालीबाट ४० अर्ब  तरलता तान्दै राष्ट्र बैंक

2.85K
shares

काठमाडौं, १२ कात्तिक । नेपाल राष्ट्र बैंकले बुधवार बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तरलता तान्ने भएको छ। राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट फेरि पैसा खिच्न लागेको हो।

यसका लागि बुधवार दिउँसो ३ बजे अनलाइन मार्फत मात्र बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

यो १७५ दिने निक्षेप संकलन उपकरणको २०८३ बैशाख ९ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।