Dhulikhel Eco Banner new

एभरेष्ट बैंकको ३१औं वार्षिक साधारण सभा सम्पन्न

2.24K
shares

काठमाडौं, १३ कार्तिक। एभरेष्ट बैंक लिमिटेडले ३१औं वार्षिक साधारण सभा मिति २०८२ साल कार्तिक १२ गते सम्पन्न गरेको छ । सभामा बैंकको आर्थिक वर्ष २०८१ ८२ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन प्रस्तुत गरी पारित गरिएको छ ।

सभाले शेयरधनीहरूका लागि ६ प्रतिशत बोनस सेयर र १४.५ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यस निर्णयपछि बैंकका शेयरधनीहरूले उल्लेख्य लाभांश पाउने भएका छन्  ।

त्यस्तै, आगामी आर्थिक वर्ष २०८२ ८३ का लागि जी.पी. राजवाहक एण्ड कम्पनीलाई बैंकको लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव पनि सभाले सर्वसम्मत रूपमा स्वीकृत गरेको छ ।

एभरेष्ट बैंकले आफ्नो सेवा, पहुँच र ग्राहक सन्तुष्टिमा निरन्तर सुधार ल्याउँदै आएको बताउँदै, बैंकका प्रतिनिधिहरूले आगामी दिनमा पनि दिगो विकास र प्रभावकारी बैंकिङ सेवा प्रवाहमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।