शेयर बजारमा ४२ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८२ कात्तिक १६ आइतवार १५:२९
shares

काठमाडौं, १६ कात्तिक । आइतवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ३०.७५ अंकले बढेर २,६३१ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २०५ कम्पनीको शेयर मूल्य बढेको छ भने ४२ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ९ अर्ब २०करोडको कारोबार भएको हो ।
उच्च अंकले बढेको शेयर बजारमा खानीखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ४.७६ प्रतिशतका दरले गुमाएका हुन् ।
यसदिन एनआईसी एशिया फ्लेक्सी क्याप फन्डका लगानीकर्ताले ४.०२ प्रतिशतका दरले गुमाएका छन् भने १०.२५ प्रतिशत प्रभु बैंक ऋणपत्र २०८६का लगानीकर्ताले ३.९४ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी, हिमालयन पावरका लगानीकर्ताले ३.७६ प्रतिशतका दरले गुमाएका छन् भने सांग्रिला विकास बैंक ऋणपत्र २०८७का लगानीकर्ताले ३.६८ प्रतिशतका दरले गुमाएका छन् ।















