Dhulikhel Eco Banner new

उपदान र पेन्सन कोषको २ अर्ब ६० करोड रुपैयाँ बैंकहरूमा जम्मा गर्दै राष्ट्र बैंक

2.59K
shares

काठमाडौं, १६ कात्तिक । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको २ अर्ब ६० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रूपमा राख्ने भएको छ।

आइतबार सार्वजनिक गरिएको सूचनामा केन्द्रीय बैंकले सो रकम एक वर्षका लागि मुद्दती निक्षेप राख्ने जनाएको छ। बैंकले २३ कात्तिकदेखि निक्षेप राख्ने र उक्त निक्षेप आगामी वर्षको २३ कात्तिकमा परिपक्व हुने जनाएको छ।

राष्ट्र बैंकका अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाले लिने निक्षेपको रकम र प्रस्तावित ब्याजदर तोकेर आवेदन दिनुपर्नेछ। आवेदन बुझाउने अन्तिम मिति मंगलबारसम्म तोकिएको छ।

केन्द्रीय बैंकले यसअघि पनि उपदान तथा पेन्सन कोषका रकमहरू नियमित रूपमा बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रूपमा राख्दै आएको छ।