Dhulikhel Eco Banner new

शेयर बजारमा १७२ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.11K
shares

काठमाडौं, १७ साउन । सोमवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ८.२४ अंकले घटेर २,६२२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ७२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७२ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ६ अर्ब ५ करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा इष्टर्न हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

यसदिन सामुदनयिक लघुवित्तमका लगानीकर्ताले ७.३७ प्रतिशतका दरले गुमाएका छन् भने क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले ५.९२ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी, पिपुल्स हाइड्रोपावरका लगानीकर्र्ताले ४.६८ प्रतिशतका दरले गुमाएका छन् भने उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ४.५५ प्रतिशतका दरले गुमाएका छन् ।