Dhulikhel Eco Banner new

सामान्य अकंले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

2.83K
shares

काठमाडौं, १७ साउन । सोमवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ८.२४ अंकले घटेर २,६२२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ७२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७२ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ६ अर्ब ५ करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

यसदिन एक्सल विकास बैंकका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् भने ९ प्रतिशत नेपाल एसबीआई बैंक रिंकपत्र २०८९का लगानीकर्ताले ७.०८ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी एभरेस्ट बैंक लिमिटेड इनर्जी बन्ड, २०८९का लगानीकर्ताले ५.१२ प्रतिशतका दरले कमाएका छन् भने ज्योति विकास बैंक बन्ड २०८७का लगानीकर्ताले ४.८४ प्रतिशतका दरले कमाएका छन् ।