Dhulikhel Eco Banner new

सामान्य अंकले घट्यो शेयर बजार, कारोबार रकममा पनि गिरावट

1.99K
shares

काठमाडौं, १७ साउन । सोमवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ८.२४ अंकले घटेर २,६२२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ७२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७२ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ६ अर्ब ५ करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी, इष्र्टन हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।