एनआईसी एशिया बैंकको सीईओमा शाक्य नियुक्त
वि.सं.२०८२ कात्तिक १७ सोमवार ११:२६
3.45K
shares
shares

काठमाडौं, १७ कात्तिक । एनआईसी एशिया बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुजित कुमार शाक्य नियुक्त भएका छन् । बैंकको कात्तिक १७ गते बसेको सञ्चालक समितिको बैठकले शाक्यलाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।
शाक्यलाई चार वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको छ। बैंककाअनुसार, उनले अबको ३० दिनभित्र पदभार ग्रहण गर्नेछन्।
बैंकिङ क्षेत्रमा सक्रिय रहँदै आएका शाक्य हाल नबिल बैंकमा सिनियर डेपुटी सीईओका रूपमा कार्यरत छन्।
















