Dhulikhel Eco Banner new

बक्यौताको पहिलो किस्ता तिरेपछि रुपन्देहीका चार उद्योगको विद्युत् आपूर्ति पुनः जडान

2.96K
shares

काठमाडौं, १८ कार्तिक ।  नेपाल विद्युत् प्राधिकरणका अनुसार लामो समयदेखि प्रिमियम महसुल तिर्न बाँकी रहेका रुपन्देहीका चार उद्योगले अन्ततः बक्यौताको पहिलो किस्ता बुझाएपछि विद्युत् आपूर्ति पुनः जडान भएको छ। भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टिल इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोगवापतको पहिलो किस्तावापतको रकम सोमबार तिरेका हुन् ।

लामो समयदेखि प्रिमियम महसुल तिर्न बाँकी रहेका रुपन्देहीका चार उद्योगले अन्ततः बक्यौताको पहिलो किस्ता बुझाएपछि विद्युत् आपूर्ति पुनः जडान भएको छ।

सन् २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिको प्रिमियम महसुल नबुझाएपछि ती उद्योगको विद्युत् लाइन काटिएको थियो। पहिलो किस्ता तिरेसँगै प्राधिकरणले विद्युत् सेवा पुनः जडान गरेको हो।

प्राधिकरणका अनुसार पञ्चकन्या प्लाष्टिकको २४ लाख ६३ हजार रुपैयाँ, पञ्चकन्या स्टिलको ५२ लाख १९ हजार रुपैयाँ, सिद्धार्थ पेटप्लान्टको १ करोड ८३ लाख रुपैयाँ र श्याम प्लास्टिकको ४९ लाख १० हजार रुपैयाँ बक्यौता रहेको छ। प्राधिकरणले बक्यौता रकमलाई २८ किस्तामा विभाजन गरी भुक्तानी गर्ने सुविधा दिएको छ।

पछिल्लो समय कुलमान घिसिङ उर्जामन्त्री बनेपछि उद्योगीहरूले तिर्न बाँकी डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोगवापतको बक्यौता जसरी पनि उठाउने रणनीतिमा लागेका छन् भने बक्यौता तिर्न अटेर गरेका उद्योगमा विद्युत आपूर्ति कटौती गरिएको छ।