शेयर बजारमा २१३ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८२ कात्तिक १८ मंगलवार १५:२८
shares

काठमाडौं, १८ कात्तिक । मंगलवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २७.६४ अंकले घटेर २,५९५ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ३३ कम्पनीको शेयर मूल्य बढेको छ भने २१३ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ५ अर्ब १५ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
यसदिन एक्सल विकास बैंकका लगानीकर्ताले ७.०९ प्रतिशतका दरले गुमाएका छन् भने पञ्चकन्यामाई हाइड्रोपावरका लगानीकर्ताले ५.३१ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी १०प्रतिशत एनआइएमबि ऋणपत्र २०९०का लगानीकर्ताले ४.३५ प्रतिशतका दरले गुमाएका छन् भने सानिमा जिआइसी इन्स्योरेन्सका लगानीकर्ताले ३.८६ प्रतिशतका दरले गुमाएका छन् ।
















