Dhulikhel Eco Banner new

दोहोरो अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

2.78K
shares

काठमाडौं, १९ कात्तिक । बुधवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १२.१७ अंकले बढेर २,६०७ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १४९ कम्पनीको शेयर मूल्य बढेको छ भने ९० कम्पनीको शेयर मूल्य घटेको छ भने १२ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ४ अर्ब ६८ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले बढेको शेयर बजारमा माबीलुङ इनर्जीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

यसदिन उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ९.९६ प्रतिशतका दरले कमाएका छन् भने नेपाल फाइनान्सका लगानीकर्ताले ९.२३ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी, सम्पदा लघुवित्तका लगानीकर्ताले ५.८६ प्रतिशतका दरले कमाएका छन् भने पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले ४.५८ प्रतिशतका दरले कमाएका छन् ।