Dhulikhel Eco Banner new

शिव श्री हाइड्रोपावरको अवितरित शेयर बिक्री खुला

3.09K
shares

काठमाडौं, २० कात्तिक । शिव श्री हाइड्रोपावर लिमिटेडले अवितरित हकप्रद शेयर लिलामी बिक्रीमा ल्याएको छ। कम्पनीले कुल ८ लाख ६५ हजार ८४५ कित्ता शेयर लिलामीका लागि खुला गरेको हो।

यसअघि कम्पनीले भदौ १९ गतेदेखि असोज २३ गतेसम्म हकप्रद शेयर निष्कासन गरी बाँडफाँड गर्दा बाँकी बसेको सो शेयर अब लिलामीमार्फत बिक्रीमा ल्याइएको हो। यो शेयरमा विद्यमान संस्थापक, सर्वसाधारण लगानीकर्ता, कम्पनी, संघ–संस्था लगायत सबै इच्छुकले आवेदन दिन सक्नेछन्।

कम्पनीले लिलामी शेयरको प्रति कित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकेको छ। इच्छुक लगानीकर्ताले कम्तीमा १०० कित्ता र बढीमा बाँकी सम्पूर्ण वा १० ले निःशेष भाग जाने कुनै पनि संख्यामा शेयरको माग गर्न सक्नेछन्।

गोप्य शिलबन्दी बोलपत्र कात्तिक २७ गते बिहीबार दिउँसो ३ बजेसम्म पेश गर्न सकिनेछ। आवेदन फाराम र बोलपत्र सिटिजन्स क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) तथा सिटिजन्स बैंकका शाखा कार्यालयहरू — कुमारीपाटी, ठिमी, इटहरी, विराटनगर, बिर्तामोड, वीरगञ्ज, सुर्खेत, जनकपुर (भानुचोक), नेपालगञ्ज, नारायणगढ, धनगढी, पोखरा (न्यूरोड), बुटवल (पाल्पा रोड) र हेटौंडामा उपलब्ध हुनेछन्।