शेयर बजारमा १०२ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८२ कात्तिक २५ मंगलवार १५:३२
shares

काठमाडौं, २५ कात्तिक । मंगलवार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार ३.२१ अंकले बढेर २,५६५ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १४२ कम्पनीको शेयर मूल्य बढेको छ भने १०२ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ३ अर्ब ६२ करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा १०.२५ प्रतिशत नेपाल एसबीआई बैंक ऋणपत्र २०८३का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.३९ प्रतिशतका दरले गुमाएका हुन् ।
यसदिन सिटी होटलका लगानीकर्ताले ४.९६ प्रतिशतका दरले गुमाएका छन् भने लक्ष्मी मूल्य कोष २का लगानीकर्ताले ३.७० प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी सिटिजन्स सुपर ३० म्युचुअल फन्डका लगानीकर्ताले ३.५६ प्रतिशतका दरले गुमाएका छन् भने पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले ३.२८ प्रतिशतका दरले गुमाएका छन् ।
















