दोहोरो अंकले बढ्यो शेयर बजार, कारोबार रकमा पनि वृद्धि
वि.सं.२०८२ मंसिर २ मंगलवार १५:१७
shares

काठमाडौं, २ मंसिर । मंगलवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १५.७० अंकले बढेर २,५६६ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २०७ कम्पनीको शेयर मूल्य बढेको छ भने ४४ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ४ अर्ब १० करोडको कारोबार भएको हो ।
दोहोरो अंकले बढेको शेयर बजारमा सागर डिष्टीलरी र माबिलुङ इनर्जीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको हो ।
त्यसैगरी, एभरेष्ट बैंक डिबेन्चर २०९१का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ३.५४ प्रतिशतका दरले गुमाएका हुन् ।



















