दोहोरो अंकले बढ्यो शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ मंसिर २ मंगलवार १५:२६
shares

काठमाडौं, २ मंसिर । मंगलवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १५.७० अंकले बढेर २,५६६ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २०७ कम्पनीको शेयर मूल्य बढेको छ भने ४४ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ४ अर्ब १० करोडको कारोबार भएको हो ।
दोहोरो अंकले बढेको शेयर बजारमा सागर डिष्टीलरी र माबिलुङ इनर्जीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको हो ।
यसदिन बुङगल हाइड्रो र झापा इनर्जीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन भने बन्दीपुरका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् ।


















