शेयर बजारमा ४४ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८२ मंसिर २ मंगलवार १५:३२
shares

काठमाडौं, २ मंसिर । मंगलवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १५.७० अंकले बढेर २,५६६ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २०७ कम्पनीको शेयर मूल्य बढेको छ भने ४४ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ४ अर्ब १० करोडको कारोबार भएको हो ।
दोहोरो अंकले बढेको शेयर बजारमा एभरेष्ट बैंक डिबेन्चर २०९१का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ३५४ प्रतिशतका दरले गुमाएका हुन् ।
यसदिन कुमारी सबल योजनाका लगानीकर्ताले ३.४९ प्रतिशतका दरले गुमाएका छन् भने हिमालयन पावरका लगानीकर्ताले २.७८ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी, आरबिबि म्युचुअल फन्डका लगानीकर्ताले २.२७ प्रतिशतका दरले गुमाएका छन् भने १०.५० प्रतिशत एसबिएल डिबेन्चर २०८२का लगानीकर्ताले २ प्रतिशतका दरले गुमाएका छन् ।
















