अविरल जनसाहित्यिक यात्रामा कवि आचार्यका दर्जन कविता
वि.सं.२०७९ असार ११ शनिवार १५:१६
7.48K
shares
shares

काठमाडौं, ११ असार । अविरल जनसाहित्यिक यात्राको ६९ औँ संस्करणमा कवि डा.भागवत आचार्यले एक दर्जन कविता प्रस्तुत गरिएका छन् । राष्ट्रिय जनसाहित्यिक संघको आयोजनामा शनिबार काठमाडौंमा कवि आचार्यले आफ्ना १२ वटा कविता प्रस्तुत गरेका हुन् ।
विभिन्न समयमा आफूले लेखेका कविताहरु आचार्यले प्रस्तुत गरेका हुन् । विभिन्न पुस्तक समेत प्रकाशन गरिसकेका आचार्यले लेखेका देशभक्ति गितहरु समेत छन् । कार्यक्रममा उनले रचेका गित समेत प्रस्तुत गरिएको थियो । आचार्य नेपाल राष्ट्र बैंकका उपनिर्देशक समेत छन् ।


















