सामान्य अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ मंसिर २९ सोमवार १५:१६
shares

काठमाडौं, २९ मंसिर । सोमवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ६.७४ अंकले बढेर २६०१ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १५५ कम्पनीको शेयर मूल्य बढेको छ भने ९४ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ३ अर्ब ४४ करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा स्वस्तिक लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
यसदिन एसवाइ प्यानलका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् भने स्वेत गंगा हाइड्रोपावरका लगानीकर्ताले ८.७९ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी ओम मेगाश्री फार्मास्यूटिकल्सका लगानीकर्ताले ४.०९ प्रतिशतका दरले कमाएका छन् भने इन्वा हाइड्रोपावरका लगानीकर्ताले ३.९७ प्रतिशतका दरले कमाएका छन् ।



















