Dhulikhel Eco Banner new

सप्तरीमा ज्योति विकास बैंकका कर्मचारीमाथि कालोमोसो दल्ने दुई जना पक्राउ

9.27K
shares

काठमाडौँ, १ पुस । सप्तरीमा ज्योति विकास बैंकका कर्मचारीमाथि कालोमोसो दल्ने घटनामा संलग्न दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सप्तरीका ५१ वर्षीय सञ्जीव चौधरी र उमाकान्त चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डम्बरबहादुर पुरीका अनुसार उनीहरूलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको छ।

घटना मंसिर २५ गते भएको हो। ज्योति विकास बैंकको रुपनी शाखाका दुई कर्मचारी ऋणसम्बन्धी विषयमा छलफल गर्न सप्तकोशी नगरपालिका–७ स्थित ‘सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म’ पुगेका थिए। सोही क्रममा उनीहरूमाथि जुत्ताको माला लगाइ अभद्र व्यवहार गर्ने, गालीगलौज गर्ने, कालोमोसो दल्ने तथा हातपातसमेत गरेका थिए ।