मनै लोभ्याउने सयपत्री फूल (फोटो फिचर)
वि.सं.२०८१ कात्तिक १४ बुधवार १८:२९
shares

काठमाडौं, १४ कात्तिक । आँगनको डिल र बारीमा सयपत्रीले ढकमक्क ढाकिएपछि तिहारको संकेत सुरू हुन्छ। यतिबेला गाउँ तथा शहरका बगैंचा तथा गमलामा फूलेका आकर्षक फूलले घर तथा आसपासको वातावरण नै मनमोहक बनाएको छ।
यतिबेला काठमाडौंको नार्गजुन नगरपालिका ६ रामकोट कल्लाबारीमा ढकमक्क सयपत्री फूल फुलेर पहेँलपुर बनको छ । तिहारलाइृ लक्षित गरी व्यावसायिक रुपमा लगाइएको फूल ढकमक्क फुलेसँगै पहेँलपुर भएको हो ।
किसान पनि बिहानैदेखि बारीमा गएर फूल टिप्न मै व्यस्त छन् । काठमाडौं उपत्यकाका सीमित स्थानमा हुने पुष्प खेती मध्येको केन्द्रको रूपमा रहेको कल्लाबारी क्षेत्रमा व्यापारिक साथै उपभोक्ताहरू बारीमै पुगेर फूल किन्ने गर्छन् । यहाँ उत्पादित फूलहरू काठमाडौँ उपत्यकाभित्रै खपत हुने गर्छन् ।
तिहारमा भाइटिका लगायतका सयपत्री लगायत मखमली फूलको माला लगाउने चलन भएकोले पनि योबेला सयपत्री फूलको माग व्यापक छ ।
हेर्नुस् तस्विरहरु:



































