‘स्थानीयले कब्जा गरेको मल भन्सार छलिको’
वि.सं.२०७९ असार ४ शनिवार १९:३४
shares

काठमाडौं, ४ असार । धादिङको धार्केमा स्थानीयले राजमार्गमै ट्रकबाट रासायनिक मल खोसेका छन् । भन्सार छलेर ल्याएको दुई ट्रक रासायनिक मल राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएर दुई जना सशस्त्र प्रहरीको सुरक्षामा काठमाण्डौ लगिरहेको अवस्थामा धादिङको धार्के बजारमा स्थानीयले खोसेका हुन् ।
स्थानीयले दुई वटा ट्रकमा रहेको लगभग ४ सय बोरा मल कब्जा गरेको धादिङ्को खानीखोला इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अपूर्ण ढुङ्गानाले जानकारी दिए । मल काठमाडौंतर्फ लैजाँदै गरेको सूचना पाएपछि स्थानीयहरु भेला भएर राजमार्गमै ट्रकबाट मल कब्जा गरेका बताइएको छ ।
सयौँ स्थानीयले ट्रक कब्जा गरेर मल खोस्न थालेपछि प्रहरीले सामान्य बल प्रयोग गरे पनि रोक्न भने सकेन । यसअघि धादिङकै व्यापारीले कालोबजारीमा जथाभाबी मूल्य तोकेर मल बेच्ने र लुकाउने गरेको समाचाहरु आइरहेका थिए ।



















