Dhulikhel Eco Banner new

‘१ अर्बको निर्यात हुने कुचो कसैको नजरमा परेन’

11.15K
shares

काठमाडौं, ४ असार । नेपालले कुचोको निर्यात गर्छ । त्यो पनि वार्षिक १ अर्बको । अनि यो पेशा र उद्योगमा कसैको पनि ध्यान जान सकेको छैन् । देशमा आवश्यक पर्ने कुचो पुगेर पनि विदेश निर्यात गर्न पुग्ने सक्ने अवस्था रहेको नेपाल कुचो संघका अध्यक्ष राज कुमार कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार नेपालबाट वर्षेनी १ अर्ब रुपैयाँ बराबरको कुचो भारत निकासि हुने गरेको छ । नेपालमा उत्पादन हुने कुचोमध्ये आन्तिरिक बजारमा १५ प्रतिशत मात्रै खपत हुने गरेको उनले बताए । बाँकी ८५ प्रतिशत भारतिय बजारमा जाने गरेको उनको भनाइ छ । यसबाट वार्षिक रुपमा १ अर्बको निर्यात हुने गरेको उनले जानकारी दिएका हुन् ।

नेपालमा पाइने अम्लिसोका कुचो बनाउने दर्ता भएका उद्योगको संख्या १५ वटा मात्रै भए पनि दर्ता नभएर पनि उत्पादन गरिरहेका केही धेरै हुन सक्ने कार्कीले बताए । त्यस्तै कुचोका लागि मात्रै नभएर भुक्षय र गाई बस्तुलाई घाँसका रुपमा पनि अम्लिसो प्रयोग हुने भन्दै यो बहु उपयोगि रहेको उनले बताए ।

‘यो विषय कहिले पनि राष्ट्रिय बहसको विषय हुन सकेन्, कसैको पनि आँखा पर्न सकेन यो क्षेत्रतर्फ,’ अध्यक्ष कार्कीले भने । अब सरकारलाई झकझक्याउनु पर्ने बेला आएको उनले बताए । साथै भारत निर्यात हुनेमा धेरैजसो कच्चा पदार्थ हुने गरेको भन्दै यसलाई प्रसोधन गरेर पठाउन सकेको खण्डमा अझ बढी आम्दानी हुने उनको भनाइ छ ।

अहिले नेपालका काठमाडौं, पोखरा, विराटनगर लागायत केही क्षेत्रमा यसको माग रहेको भए पनि विस्तारै अन्य क्षेत्रमा पनि माग बढ्दै गएको कार्कीले बताए । शहरीकरणले गर्दा यसको माग बढ्ने भएकाले यसमा राज्यले पनि केही नीतिहरु ल्याउने पर्ने उनले बताए ।