Dhulikhel Eco Banner new

प्रभु र सेञ्चुरी बैंकको मर्जर सम्झौता, नाम ‘प्रभु बैंक’ नै रहने

5.43K
shares

काठमाडौं, १६ साउन । प्रभु र सेञ्चुरी बैंक विच मर्जर सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पश्चात बैंकको नाम प्रभु बैंक नै रहने छ ।

सात सदस्यीय सञ्चालक समिति रहने जसमा चारजना प्रभु बैंकबाट तीन हालको सेञ्चुरी बैंकबाट रहने भएका छन् ।

प्रमुख कार्यकारी अधिकृतमा प्रभु बैंकका वर्तमान सीईओ अशोक शेरचन हुने भएका हुन् ।

मर्जर पश्चात एकिकृत कारोबार थाल्दा प्रभु बैंकको कुल पुँजीकोष झन्डै ३१ अर्ब ७१ करोड रुपैयाँ पुग्नेछ । जसमा सेयर पुँजी २२ अर्ब २६ करोडभन्दा बढी हुनेछ । यस्तै, अवितरित नाफा (रिटेन्ड अर्निङ) करिब २ अर्ब १० करोड र संचित कोष (रिजर्भ) ७ अर्ब ३५ करोड हाराहारी रहेको छ ।