Dhulikhel Eco Banner new

नबिल र युनिलिभरबीच च्यानल फाइनान्सीङका लागि सम्झौता

5.47K
shares

काठमाडौं, २३ भदौ । नबिल बैंक लि. र युनिलिभर नेपाल लि. बीच च्यानल फाइनान्सीङ सुविधाका लागि सहकार्य भएको छ ।

नबिल बैंक लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत, ज्ञानेन्द्र प्रसाद ढुंगाना र युनिलिभर नेपाल लि. का तर्फबाट प्रबन्धक निर्देशक, अमलान मुखरजीले भाद्र २० गते नबिलका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र एस.एम.ई तथा लघुवित्तका प्रमुख निरज बस्नेत (डनिल) का साथै युनिलिभरका मुख्य वितरकहरुको उपस्थितिमा सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौता हस्ताक्षर सगै युनिलिभर नेपाल लि. ले आफ्ना तीन जना वितरकहरुलाई च्यानल फाइनान्सीङ सुविधाका लागि सिफारिस पत्रमा पनि हस्तान्तरण गरेको थियो ।

यस अन्तर्गत युनिलिभर नेपाल लि. सँग आबद्ध व्यवसायीहरुले च्यानल पार्टनर को रुपमा थप व्यवसाय विस्तार गर्न चालु पुँजीमा लगानी गर्ने उद्देश्यका लागि आर्कषक ब्याजदर र धितो अनुपातमा नबिल बैंकका देशैंभरि फैलिएका शाखा सञ्जालहरुबाट च्यानल फाइनान्सीङ कर्जा उपभोग गर्न पाउने छन् ।

च्यानल फाइनान्सीङका प्रमुख आर्कषण अन्तर्गत च्यानल प्रिन्सीपलले आफ्ना वितरक, डिलर, रिटेलरहरुलाई सामान बिक्री गरेको बिल बराबरको पुरा रकम भुक्तानी हुने कर्जा सुविधा उपलब्ध हुनेछ ।

साथै व्यवसायीहरुको लागि व्यवसाय विस्तार गर्न अन्य एस. एम. ई. कर्जा पनि उपलब्ध हुनेछ ।

युनिलिभर नेपाल लि. सँग सहकार्यका बारेमा बोल्दै नबिल बैंक लि. का प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंङ्गानाले बैंकसँग आबद्ध व्यवसायीहरुलाई चालु पुँजीमा लगानी गर्ने उद्देश्यका लागि सरल र सहज तरिकाका साथ च्यानल फाइनान्सीङ सुविधाका साथै अन्य एस. एम. ई. कर्जाहरु पनि उपलब्ध गराउने जानकारी गराए ।