Dhulikhel Eco Banner new

राष्ट्रिय बीमा कम्पनीको सीईओमा बराल नियुक्त

5.23K
shares

काठमाडौं, २३ भदौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा शेखर बराललाई नियुक्त गरेको छ ।

बीमा र बैंकिङ क्षेत्रमा २५ वर्ष भन्दा बढी अनुभव हासिल गरेका बराललाई चार वर्षका लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

राष्ट्रिय बीमा कम्पनीको आज बसेको संचालक समितिले बराललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको हो ।

बरालसँग सुर्य लाइफ, लुम्बिनी जनरल र युनाईटेड इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिसकेको अनुभव छ। स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट करियर सुरु गरेका बरालले त्रिभुवन विश्व बिद्यालयबाट एमबीए गरेका छन् ।

बरालले आइतबारदेखि नै राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदको कार्यभार सम्हाल्नेछन