Dhulikhel Eco Banner new

माछापुच्छ्रे बैंक २३ वर्षमा प्रवेश, वार्षिक उत्सबमा उपहारको बहार

6.88K
shares

माछापुच्छ्रे बैंक २३ वर्षमा प्रवेश गरेको छ । २२ वर्षअघि पोखरामा क्षेत्रिय बैंकको रुपमा स्थापना भएको माछापुच्छ्रे बैंक ग्राहकको अगाध माया र अटुट विश्वास, नियमकारी निकायको मार्गदर्शन, शेयरधनी सदस्यको भरोसा, कर्मचारीको अतुलनिय योगदानको फलस्वरुप आजको दिनमा आइपुग्दा व्यवसायिक बैंकहरुमा अब्बल बैंकको रुपमा स्थापित हुन सफल भएको छ ।

२२ वर्षको दौरानमा बैंकप्रति अनवरतरूपमा साथ सहयोग र विश्वास प्रदान गर्ने सम्पूर्ण ग्राहकप्रति बैंक सदैब अनुग्रहित रहने बैंकको विश्वास छ । २२ वर्ष पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको अवसरमा बैँकले एक कार्यक्रम गरी २० वर्ष भन्दा बढी निरन्तर सेवा गरिरहेका कर्मचारीहरुलाई सम्मान समेत गरेको छ ।

उक्त कार्यक्रममा बोल्दै माछापुच्छ«े बैंकका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतोले २२ वर्ष सम्मका यात्रालाई सफल बनाउन योगदान दिने सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, शेयरधनी सदस्य, सम्पूर्ण कर्मचारी एंव शुभचिन्तकहरु प्रति हार्दिक कृतज्ञता ज्ञापन गरेका छन् । उनले आगामी दिनहरुमा पनि अझ गुणस्तरीय बैंकिङ्ग सेवा दिंदै थप उत्कृष्ट सुविधाहरु प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

त्यसैगरी सञ्चालक समितिका सदस्य रोशन केसीले यस बैंकका संस्थापक अध्यक्ष स्वर्गीय सुर्य बहादुर केसीको योगदानलाई उच्च कदर गर्दै बैंकलाई यो स्थानमा ल्याउन सहयोग गर्नुहुने सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, सेयरधनी सदस्य, सम्पूर्ण कर्मचारी एंव शुभचिन्तकहरुलाई बधाई तथा धन्यवाद प्रकट गरे । साथै कार्यक्रममा बैंक संचालक समितिका सदस्यहरु जयमुकुन्द खनाल र विश्वप्रकाश गौतमले आ–आफ्नो मन्तव्य राख्दै बैंकलाई आजको स्थानमा ल्याई पुर्याउन सहयोग गर्ने सम्पूर्ण निकाय, ग्राहक महानुभाव एंव शुभचिन्तकहरुलाई धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकले सवल उत्कृष्ठ एंव विस्तारित भन्ने नाराका साथ बैंक पुँजी, व्यवसाय वृद्धि, शाखा सञ्जाल विस्तार एवं रोजगारी सिर्जना लगायत सबै हिसाबमा अग्रणी स्थानमा रहि समस्त राष्ट्रको आर्थिक विकासमा टेवा पुर्याउन निरन्तर लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।

उक्त कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सर्जु कुमार थापा लगायत नायव महाप्रबन्धक प्रसिद्ध राज अर्याल ले आ–आफ्नो मन्तव्य राख्दै बैंकलाई आजको स्थानमा ल्याई पुर्याउन सहयोग गर्ने सम्पूर्ण निकाय, ग्राहक महानुभाव एंव शुभचिन्तकहरुलाई धन्यवाद दिए । साथै माछापुच्छ्रे बैंकले आफ्नो २२ औं वार्षिकोत्सबको अवसरमा विभिन्न क्यासब्याक तथा डिस्काउन्ट अफरहरु ल्याएको छ । जसको उपयोग बैंकले प्रदान गर्दै आएको डिजिटल सेवा सुविधाहरु एमबिएल एम स्मार्ट (डेबिट तथा क्रेडिट कार्ड) बाट लिन सकिनेछ ।

उक्त अफर अन्तर्गत बैंकका ग्राहकले फुडमाण्डूमार्फत् बैंकको क्रेडिट कार्ड प्रयोग गरी खाना अर्डर गर्दा २० प्रतिशत वा अधिकतम ३०० रुपैयाँ, एमबीएल एम स्मार्टमार्फत् पहिलो पटक मोबाइल टपअप गर्दा १० प्रतिशत वा अधिकतम १०० रुपैयाँ , एमबीएल एम स्मार्टमार्फत् यही असोज ९ देखि २० गतेसम्म हरेक दिन बिहानको ७ बजेबाट बिहानको ९ बजेसम्म २ घण्टाको अबधिमा २२२ भन्दा बढीको ५ वा सो भन्दा बढी कारोबार गरेको खन्डमा २२ प्रतिशत वा अधिकतम २२२ रुपैयाँ, सीजी डिजिटलमार्फत् क्रेडिट कार्ड प्रयोग गरी समान अर्डर गर्दा २० प्रतिशत वा अधिकतम १ हजार ५०० रुपैयाँ सम्मको क्यासब्याकहरु (यो योजना दशमी सम्मको लागि मात्र), सेन्ट्रल बजारमार्फत् डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी समान अर्डर गर्दा १० प्रतिशत वा अधिकतम १ हजार रुपैयाँ सम्मको छुट र आश्विन १५ गतेबाट दराजमार्फत् डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २२ प्रतिशत वा अधिकतम २ हजार २२२ रुपैयाँ सम्मको डिस्काउन्ट (यो योजना सिमित अवधिको लागि मात्र ) प्राप्त गर्न सक्नेछन् ।

स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक आफ्ना १६५ वटा शाखाहरु लगायत १७४ शाखारहित बंैकिङ्ग, १० वटा एक्सटेन्सन काउण्टर गरी जम्मा ३४९ स्थानवाट १६०० भन्दा बढि कर्मचारीमार्फत् ग्राहकलाई सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गर्नुका साथै, बैंकको देशभर २०५ वटा एटीएमहरुमार्फत् ग्राहक महानुभावहरुलाई सेवा प्रदान गरिरहेको छ ।

२२ वर्षअघि क्षेत्रिय बैंकको रुपमा स्थापना भएको बैंकले यस अवधिमा विभिन्न आरोह अवरोह पार गर्दै बैंकले प्रदान गर्ने हरेक सेवा र सुविधामा आपूmलाई स्मार्ट बैंकको रुपमा परिचित गराएको छ ।