Dhulikhel Eco Banner new

धौलागिरी र खप्तड लघुवित्तले गरे मर्जरको सम्झौता

6.14K
shares

काठमाडौं, १८ मंसिर । धौलागिरी लघुवित्त र खप्तड लघुवित्त वितीय संस्था बीच मर्जरको सम्झौता भएको छ । बाग्लुङमा केन्द्रीय कार्यालय रहेको धौलागिरी र कैलालीमा केन्द्रीय कार्यालय रहेको खप्तड लघुवित्त बीच आइतबार मर्जरमा जाने विषयमा प्रारम्भिक सम्झौता भएको हो ।

मर्जरको सम्झौतामा धौलागिरी लघुवित्तका तर्फबाट अध्यक्ष इश्वरलाल राजभण्डारी र खप्तड लघुवित्तका अध्यक्ष सुमन प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् । मर्जर पछि बन्ने संस्थाको नाम धौलागिरी लघुवित्त रहेने छ भने अध्यक्षमा राजभण्डारी नै रहेने सहमति भएको छ ।

दुई संस्था एक आपसमा मर्जर गर्नका लागि संयोजक समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा धौलागिरीबाट संचालकद्वय हरि प्रसाद शर्मा र सिर्जना थापा रहेका छन् भने खप्तडबाट रणदेव कृष्ण श्रेष्ठ र डबल बहादुर शाह रहेका छन् ।

यी दुवै लघुवित्तले केही समय अघि मात्रै सर्वसाधारणका लागि आईपिओ निष्काशन गरेका थिए । धौलागिरी लघुवित्तले ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।

त्यस्तै खप्तड लघुवित्तले १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्काशन गरेको थियो । धौलागिरी राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको लघुवित्त हो भने खप्तड सुदुरपश्चिम क्षेत्रमा कार्यक्षेत्र भएको लघुवित्त संस्था हो ।