Dhulikhel Eco Banner new

डेभलपमेन्ट बैंकर्स एशोसिएसनको वित्त उपसिति निर्माण

6.84K
shares

काठमाडौं, ५ जेठ । विकास बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एशोसिएसनले वित्त प्रमुखहरुको उपसिति निर्माण गरेको छ । जोति विकास बैंककी उमा श्रेष्ठको संयोजकत्वमा १५ सदस्यीय वित्त उपसमिति निर्माण गरिएको हो ।

उप समितिको सह–संयोजकमा मितेरि डेभलपमेन्ट बैंकका उमेश कार्की रहेका छन् । सदस्यहरुमा एक्सेल डेभलपमेन्ट बैंकका महेश मान प्रधान, गरिमा विका बैंकका सुमन कुमार मल्ल, ग्रिन डेभलपमेन्ट बैंकका दुर्गा प्रसाद श्रेष्ठ, कामना सेवा विकास बैंकका मिलन अधिकारी, कर्णाली डेभलपमेन्ट बैंकका बेद प्रकाश सिंह ठकुरी रहेका छन् ।

त्यस्तै लुम्बिनी विकास बैंकका नवराज भन्डारी, महालक्ष्मी विकास बैंकका प्रदिप पुडासैनी, मुक्तिनाथ विकास बैंकका सन्दिप कुमार दाहाल र नारायणी डेभलपमेण्ट बैंकका आशिष सुवेदी सदस्य रहेका छन् ।

त्यस्तै सांग्रिला डेभलपमेन्ट बैंकका प्रशान्त सुवेदी, सप्तकोशी डेभलपमेन्ट बैंकका स्वस्तिक पराजुली, सिन्धू विकास बैंकका सुनिता बैंदार र शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकका भुवन प्रसाद पन्थ सदस्य हरेका छन् ।