Dhulikhel Eco Banner new

नबिल र नेपाल बंगलादेश बैंकको मर्जर विरुद्ध मुद्दा दिएका श्रेष्ठले मुद्दा फिर्ता लिए

6.81K
shares

काठमाडौं, ५ जेठ । नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको मर्जर रोक्न माग गर्दै सर्वोच्च अदालतमा हालिएको मुद्दा रिट निवेदकले नै फिर्ता लिएका छन् । मंगलबार पेशी तोकिएकोमा निवेदक लक्ष्मी बहादुर श्रेष्ठ आफै उपस्थित हुन नसके पछि बुधबारका लागि तोकिएको रिटलाई सर्वोच्चले हेर्न नमिल्नेमा राखिदिएको थियो ।

यो मुद्दा न्यायाधिशहरु टंकबहादुर मोक्तान र डा।मनोजकुमार शर्माको संयुक्त इजलासले तोकिएको थियो । यस अघि सर्वोच्च अदालतका न्यायधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले तत्काललाई मर्जर रोक्न आदेश दिएको थियो । तर निवेदकले नै मुद्दा फिर्ता लिएपछि अब मर्जरको काम अघि बढ्नेछ ।