Dhulikhel Eco Banner new

नेप्से परिसुचकमा भारी गिरावट

5.15K
shares

काठमाडौं, ५ जेठ । साताको चौंथो दिन नेप्से परिसुुचक २३ दशमलव ५१ अंकले घटेको छ ।

बिहिबार नेप्से परिसुचक १ दशमलव ०३ प्रतिशतले घटेर २२५० दशमलव ९१ पुुगेको हो ।
नेप्से परिसुचकसँगै ‘क’वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३ दशमलव ८८ अंकले घटेको छ ।

दिनभर भएका २३ हजार ५ सय ६९ कारोबारबाट २ सय १९ कम्पनीका ३७ लाख ९८ हजार २ सय ६३ कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट कारोबार रकम १ अर्ब ३0 करोड ९८ लाख १९ हजार ९६ पुगेको छ ।