उद्यमशिलता बहुउद्देश्यीय र रिलायन्स लाईफबीच सम्झौता
वि.सं.२०७९ जेठ ५ बिहीवार १६:०६
shares

काठमाडौं, ५ जेठ । उद्यमशिलता बहुउद्देश्यीय सहकारी संस्था लि. र रिलायन्स लाईफ इन्स्योरेन्स लि.का बिच सम्झौता भएको छ ।
दुुई कम्पनीकाबीच सहकारी संस्थाको लघुवित्त कार्यक्रममा आवद्ध भएका ग्राहक सदस्यको म्यादी जीवन वीमा गर्नका लागि सम्झौता भएको हो ।
सरल तथा सहज वीमाका लागि भरपर्दाे वीमा कम्पनीका रुपमा परिचित रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेल र उद्यमशिलता बहुउद्देश्यीय सहकारी संस्था लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत जीवन खनालले सम्झौतामा हस्ताक्षर गरेका छन ।
बनस्थली, काठमाडौंमा मुख्य कार्यालय रहेको प्रादेशिक स्तरको यस सहकारी संस्थाले विपन्न वर्गका ग्राहक सदस्यहरुमा उद्यमशिलता विकास गर्नका लागि विना भेदभाव “सवैका लागि, सधैका लागि” भन्ने मुलमन्त्रका साथ लघुवित्त कार्यक्रम संचालन गरिरहेको छ ।















