Dhulikhel Eco Banner new

सनराइज बैंकको लोभलाग्दो प्रगति, कर्जा–निक्षपेमा ४० प्रतिशतको ग्रोथ

57.03K
shares

काठमाडौं, १३ जेठ । सनराइज बैंकले पछिल्लो एक वर्षमै लोभलाग्दो प्रगति गरेको छ । बैंकका अधिकांश सूचकहरुमा निकै राम्रो प्रगति देखिएको छ ।

पछिल्लो एक वर्षको तथ्यांकको तुलना गर्ने हो भने बैंक अव्वल बैंकको रुपमा उदाउदै गएको पुष्टि हुन्छ । गत आर्थिक वर्ष २०७७/७८ को ६ महिना र चालु आर्थिक वर्ष २०७८/७९ को ६ महिनाको तुलना गर्ने हो भने बैंकले सबैजसो सूचकहरुमा लोभलाग्दो प्रगति गरेको देखिन्छ ।

बैंकले यस अवधिमा निक्षेप संकलन र कर्जा लगानीमा मात्रै करिब ४० प्रतिशतको ग्रोथ गरेको छ । गत आर्थिक वर्षको ६ महिनामा सनराइज बैंकको निक्षेप ८८ अर्ब ९८ करोड रुपैयाँ थियो । चालु आर्थिक वर्षको ६ महिनामा निक्षेप बढेर बैंकको १ खर्ब २४ अर्ब ५२ करोड रुपैयाँ भन्दा माथि बढेको छ । अर्थात एक वर्षको अवधिमा सनराइज बैंकले निक्षेपमा मात्रै ४० प्रतिशतको ग्रोथ गरेको छ ।

उता कर्जामा पनि बैंकको ग्रोथ करिब ४० प्रतिशत नै छ । यति छोटो अवधिमा बैंकले कर्जा लगानी ९२ अर्ब ४० करोड ७५ लाख ७७ हजार ६८२ रुपैयाँबाट ३९ दशमलव ८७ प्रतिशतले बढाएर १ खर्ब २९ अर्ब २४ करोड २९ लाख ८८ हजार ४५० रुपैयाँ पुर्याएको छ ।

सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा अहिले सुमन शर्मा कार्यरत छन् । उनलाई सनराइज बैंक सञ्चालक समितिले २०७७ माघ महिनामा मात्रै नियुक्त गरेको थियो । उनी नियुक्त भएपछिको र त्यस अघिको बैंकको अवस्थाबारे तुलना गर्ने हो भने निकै फरक छ ।

बैंकले १३ वर्षमा गरेको ग्रोथ र पछिल्लो एक वर्षमा गरेको ग्रोथ उस्तै हुन आउँछ । बैंकको कर्जा र निक्षेपमा मात्रै होइन मूनाफा आर्जन, खुद ब्याज आम्दानी, खाता संख्या, डेबिट कार्ड, क्रेडिट कार्ड लगायतमा पनि निकै राम्रो सुधार गरेको छ ।

यस वर्षको वैशाख महिना र गत वर्षको वैशाख महिनाको तुलना गर्ने हो भने पनि बैंकले बचत खातामा मात्रै १४ दशमलव ५० प्रतिशतको ग्रोथ गरेको छ । सनराइन बैंकका मोवाइल बैंकिङका प्रयोगकर्ताहरु पनि १९४ प्रतिशत भन्दा धेरैले बढेका छन् ।

डिजिटल बैंकिङमा सनराइज बैंकले फड्को नै मारेको छ । २०७७ वैशाखको तुलनामा २०७८ वैशाखमा सनराइज बैंकको क्यूआरमा १५६ प्रतिशतको ग्रोथ गरेको छ भने डेबिट कार्ड प्रयोगकर्ताहरु पनि २५८ प्रतिशतले बढेका छन् ।

सनराइजमा अहिले व्यक्तिगत २९ र संस्थागत ७१ प्रतिशत निक्षेपकर्ता छन् । एक वर्ष अघिसम्म सनराइज बैंकमा एक सय जनाले खाता खोल्दा २२ जनाले कार्ड लिने गरेका थिए । अहिले त्यो संख्या ह्वात्तै बढेर एक सय बराबर ६३ पुगेको छ । एक वर्ष अघिसम्म दैनिक १ करोड रुपैयाँ हाराहारीमात्रै रहेको खुद ब्याज आम्दानी अहिले औसतमा १ करोड ५० लाख नाघेको छ ।