Dhulikhel Eco Banner new

सानिमा बैंकको लाभांश घोषणा

2.96K
shares

काठमाडौं, २३ असोज । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको संचित मुनाफाबाट शेयरधनीहरूलाई कर समेत गरी ५.२६३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।