Dhulikhel Eco Banner new

ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

4.81K
shares

काठमाडौं, १७ पुस । ज्योति विकास बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले हाल बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो।

बैंकले बिक्री गर्न लागिएको शेयर संख्या र मूल्यका साथै बिक्री गर्न निवेदन दिने संस्थापक शेयरधनीको नामबारे भने कुनै जानकारी भने समावेश गरेको छैन।

यो शेयर खरिद गर्न इच्छुक संस्थापक लगानीकर्ताले ३५ दिनभित्र आफूले किन्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनु पर्नेछ। निवेदन बैंकको केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाडौंमा दिनु पर्नेछ।

साथै तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा सो शेयर सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ।