Dhulikhel Eco Banner new

आईसीएफसी फाइनान्सको ऋणपत्र खुल्यो

2.83K
shares

काठमाडौं, ९ माघ । आईसीएफसी फाइनान्सको ऋणपत्रमा लगानीका लागि आवेदन खुलेको छ । कम्पनीले ऋणपत्रमा १ हजार रुपैयाँका दरले कुल ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो।

कम्पनीको ऋणपत्रमा लगानी गर्न चाहनेका लागि आवेदन खुलेको हो । यस ऋणपत्रमा लगानी गर्नेले वार्षिक ९ प्रतिशत ब्याजदर पाउने छन् । निक्षेपको ब्याजदर घट्दै गएका बेला हाल बैंकहरुले मुद्दती निक्षेपमा ६ प्रतिशत हाराहारीमा ब्याज दिइरहेका छन् । यस्तो अवस्थामा ९ प्रतिशत ब्याज पाइने यस फाइनान्सको ऋणपत्र लगानीका लागि बढी प्रतिफलमूलक देखिएको छ ।

ऋणपत्रको अंकित मूल्य १ हजार रुपैयाँ हुन्छ । न्यूनतम २५ कित्ता अर्थात् २५ हजार रुपैयाँ लगानी गर्न सकिन्छ । त्यस्तै अधिकतम १ लाख २० हजार कित्ताका लागि आवेदन दिन सकिने कुमारी क्यापिटलले जनाएको छ ।

आईसीएफसीले कुल १० करोड ऋणपूँजी रकम व्यक्तिगत तवरबाट बिक्री गर्दैछ । कम्पनीले कुल ३ लाख कित्ता अर्थात् ३० करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्न लागेको हो ।

अनलाइन प्रणाली मेरोसेयरमार्फत ऋणपत्रमा आवेदन दिन सकिनेछ । छिटोमा माघ १३ र ढिलोमा २३ गतेसम्म आवेदन खुल्नेछ । ७ वर्षे अवधिको यस ऋणपत्र दोस्रो बजारमा सूचीकृत भइ कारोबारमा आउनेछ ।