Dhulikhel Eco Banner new

डिजिटल बैंकिङ प्रयोग गर्दा सचेत रहन राष्ट्र बैंकको सुझाव

3.67K
shares

काठमाडौं, ९ वैशाख । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ सेवाहरू प्रयोग गर्दा सतर्क रहन आम ग्राहकलाई आग्रह गरेको छ। राष्ट्र बैंकले मंगलबार सार्वजनिक सूचना जारी गर्दै वित्तीय कारोबार गर्नुअघि आवश्यक जानकारी लिई मात्र डिजिटल माध्यम प्रयोग गर्न सुझाव दिएको हो।

राष्ट्र बैंकका अनुसार, डिजिटल भुक्तानी सेवाको प्रयोगमा सहजता र सुरक्षालाई ध्यानमा राख्दै ग्राहकले आफूले प्रयोग गरिरहेको सेवा विविध कारणले अस्थायी रूपमा प्रयोग गर्न नसक्ने अवस्थामा आधिकारिक मोबाइल एप वा वेब पोर्टलमार्फत सेवा निष्क्रिय गर्न सक्ने र आवश्यक परेमा पुनः सक्रिय गर्न सक्ने व्यवस्था रहेको छ।

साथै, बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना मोबाइल एप वा वेब पोर्टलहरूमा उक्त सेवा सञ्चालनका लागि आवश्यक प्रविधिगत सुविधा उपलब्ध गराउनुपर्ने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले डिजिटल कारोबार गर्दा सावधानी अपनाउन, आधिकारिक स्रोत मात्र प्रयोग गर्न, तथा कुनै शंकास्पद गतिविधि देखिएमा तुरुन्त सम्बन्धित बैंक वा राष्ट्र बैंकलाई जानकारी गराउन पनि आग्रह गरेको छ।