ज्योती विकास बैंकमा रोजगारीको अवसर
वि.सं.२०८२ साउन ४ आइतवार १०:४२
2.08K
shares
shares

काठमाडौं, ४ साउन । ज्योति विकास बैंकले केही संख्यामा कर्मचारी माग गरेको छ। बैंकले एक सूचना जारी गर्दै उपत्यका र उपत्यका बाहिरका केही शाखा कार्यालयका लागि ब्राञ्च म्यानेजर र रिलेशनसिप म्यानेजर पदका लागि कर्मचारी माग गरेको हो।
आवेदन दिन चाहनेले साउन १६ गतेसम्म आवेदन दिन सक्नेछन्। बैंकिङ क्षेत्रमा अनुभव भएकालाई बढी प्राथमिकता दिइने बैंकले जनाएको छ। साथै, आवेदन दिने व्यक्तिको उमेर ४० वर्षभन्दा कम हुनुपर्नेछ।



















