Dhulikhel Eco Banner new

ग्रिनप्लाई नेपाल आईपीओ र संस्थापक शेयर प्रिमियम तयारीमा

546
shares

काठमाडौं, १३ साउन । ग्रिनप्लाई नेपालले २०५ शेयर आईपीओ जारी गर्ने, विशेष साधारण सभा साउन २२ गते विराटनगर। नेपालमा प्लाइउड उत्पादन तथा निर्यात गर्दै आएको ग्रिनप्लाई नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर(आईपीओ) जारी गर्ने भएको छ।

कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात् १६ लाख ४० हजार कित्ता साधारण शेयर सर्वसाधारणलाई निष्कासन गर्ने तयारी गरेको हो।
आईपीओ निष्कासनको तयारीस्वरूप कम्पनी गत आर्थिक बर्षमा नै पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भइसकेको छ।

साथै, प्राथमिक शेयर निष्कासन सम्बन्धी प्रस्ताव पारित गर्न कम्पनीले २०८३ साउन २२ गते आफ्नो रजिष्टर्ड कार्यालयमा विशेष साधारण सभा आह्वान गरेको जनाएको छ।

सुदृढ वित्तीय अवस्थाग्रिनप्लाई नेपालले छोटो अवधिमै प्लाइउड उद्योगमा उल्लेखनीय प्रगति हासिल गरेको कम्पनीका रूपमा आफूलाई स्थापित गरेको छ। कम्पनीको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८१र८२ मा अघिल्लो वर्षको तुलनामा १८।९६ प्रतिशतले बिक्री वृद्धि गर्दै वार्षिक कारोबार करिब रु। ४७।५ करोड पुगेको छ।

कम्पनी विगत पाँच वर्षदेखि निरन्तर नाफामा सञ्चालन हुँदै आएको छ, जसले यसको सुदृढ वित्तीय अवस्था, प्रभावकारी व्यवस्थापन तथा व्यवसायिक स्थायित्वलाई पुष्टि गर्ने कम्पनीको दाबी छ।

ग्रिनप्लाई नेपालले उत्पादनको करिब ३० प्रतिशत आन्तरिक बजारमा बिक्री गर्दै आएको छ भने ७० प्रतिशतभन्दा बढी उत्पादन भारतलगायतका अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्दै आएको छ। निर्यात प्रवर्द्धनमा योगदान पुर्‍याए बापत कम्पनीले नेपाल सरकारबाट निर्यात अनुदान समेत प्राप्त गर्दै आएको छ।

कम्पनीले विएएस प्रमाणीकरण प्राप्त गरी भारतीय बजारमा आफ्ना उत्पादन निर्यात गरिरहेको जनाएको छ।आर्थिक वर्ष २०८१र८२ मा कम्पनीको पूँजीगत संरचनामा पनि उल्लेखनीय सुधार भएको छ। कम्पनीको ओभरअल गियरिङ अनुपात ७।४१ गुणाबाट घटेर २।४४ गुणामा झरेको छ।

यस अवधिमा रु। ६ करोड नयाँ शेयर पूँजी थपिएको तथा नेपाल वित्तीय प्रतिवेदन मापदण्डअनुरूप सञ्चित नाफा समायोजन भएपछि कम्पनीको मूर्त खुद सम्पत्ति करिब रु। ८ करोड २० लाखबाट बढेर रु। २२ करोड ६० लाख पुगेको कम्पनीले जनाएको छ।

विस्तारमुखी रणनीतिकम्पनीका अनुसार ग्रिनप्लाई नेपाल गुणस्तरीय तथा वातावरणमैत्री प्लाइउड, ब्लकबोर्ड तथा फ्लस डोर उत्पादनमा केन्द्रित छ। आधुनिक प्रविधि, दक्ष व्यवस्थापन, गुणस्तर सुनिश्चितता तथा सुदृढ वितरण सञ्जालमार्फत कम्पनीले आफ्नो बजार विस्तारलाई तीव्र बनाइरहेको जनाएको छ।

आवासीय, व्यवसायिक तथा पूर्वाधार निर्माण क्षेत्रमा बढ्दो मागलाई अवसरका रूपमा उपयोग गर्दै कम्पनीले उत्पादन क्षमता विस्तार, नयाँ बजारमा प्रवेश, अत्याधुनिक प्रविधिमा लगानी तथा नवप्रवर्तनमार्फत दीर्घकालीन वृद्धि हासिल गर्ने रणनीति अवलम्बन गरेको जनाएको छ।

कम्पनीले नेपालमा हुने प्लाइउड आयात प्रतिस्थापनमा योगदान पुर्‍याउँदै आन्तरिक माग पूरा गर्नुका साथै निर्यात विस्तार गर्ने लक्ष्य राखेको छ। दीर्घकालीन मूल्य सिर्जना गर्दै लगानीकर्तालाई आकर्षक प्रतिफल प्रदान गर्ने प्रतिबद्धतासहित उत्पादनमूलक उद्योगको अग्रणी ब्रान्ड बन्ने लक्ष्य कम्पनीले लिएको जनाएको छ।

संस्थापक तथा लगानी संरचनामोरङ जिल्लाको बुढीगंगा गाउँपालिका–५ मा रजिष्टर्ड कार्यालय रहेको ग्रीनप्लाई नेपाल लिमिटेडका अध्यक्ष प्रतिष्ठित उद्योगी जीवनप्रसाद रिजाल रहेका छन्। कम्पनीमा दिवाकर राठी, डगेन्द्र प्रसाद रिजाल, मनीष खेतान सुनिल अग्रवाल तथा विवेक अग्रवाल लगायतको मुख्य लगानी रहेको छ।

यसका अतिरिक्त स्टार इन्भेष्टमेन्ट फण्ड लिमिटेड, टप फण्ड लिमिटेड तथा हार्वेस्ट भेन्चर्सको समेत संस्थागत लगानी रहेको कम्पनीले जनाएको छ।

उत्पादनमूलक उद्योग, निर्यातमुखी व्यवसाय, सुदृढ वित्तीय अवस्था, अनुभवी नेतृत्व तथा स्पष्ट दीर्घकालीन रणनीतिका आधारमा ग्रिनप्लाई नेपाललाई नेपालको उत्पादन क्षेत्रमा उल्लेखनीय सम्भावना बोकेको कम्पनीका रूपमा हेरिएको छ।