प्रोटोन इ.मास ५ नाइमा एक्सपोमा मुख्य आकर्षण
वि.सं.२०८३ साउन २७ बुधवार ०९:३२
shares

काठमाडौं, २७ साउन । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा. लि. ले नेपाली बजारमा सार्वजनिक गरेको नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन इ.मास ५ नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ मा मुख्य आकर्षण बनेको छ ।
अगस्ट ११ देखि १६ सम्म सञ्चालन भइरहेको एक्सपोको हल ‘बी’ स्थित स्टल ‘एल–६’ मा ग्राहकले इ.मास ५ को अवलोकनसँगै बुकिङ गर्न सक्नेछन् । सार्वजनिक भएसँगै उल्लेख्य बुकिङ प्राप्त गरिरहेको इ.मास ५ ले एक्सपोमा पनि ग्राहक तथा अटो पारखीको ध्यान खिचिरहेको कम्पनीले जनाएको छ ।
सेग्मेन्टमै पहिलोपटक रियर–ह्विल ड्राइभ प्लेटफर्ममा आधारित इ.मास ५ मा सन्तुलित तौल वितरण, उत्कृष्ट ड्राइभिङ क्षमता र सहज नियन्त्रणका लागि विभिन्न प्रविधि समावेश गरिएको छ । यसले सहरी सडकदेखि राजमार्ग तथा पहाडी सडकसम्म सहज यात्रा गर्न सहयोग गर्ने कम्पनीको दाबी छ ।
गाडीमा ७० लिटरको फ्रंक, २८ लिटरको सिटमुनिको स्टोरेज र २० लिटरको सेन्टर कन्सोल स्टोरेज गरी तीनवटा स्मार्ट स्टोरेज सुविधा छन् । त्यस्तै, ३७५ लिटरको बुट स्पेस, १४.६ इन्चको फुलएचडी डिस्प्ले, रियर मल्टि–लिङ्क इन्डिपेन्डेन्ट सस्पेन्सन, ३६० डिग्री क्यामेरा र जि–ट्रयाक्सन कन्ट्रोल सिस्टमजस्ता सुविधा उपलब्ध छन् ।
प्रिमियम भेरियन्टमा ८५ किलोवाट क्षमताको ११–इन–१ इलेक्ट्रिक मोटर, पावर्ड टेलगेट र भेहिकल–टु–लोड (भीटुएल) प्रविधि पनि रहेको छ ।
प्रोटोन इ.मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ । कम्पनीका अनुसार यसको अद्यावधिक मूल्य प्राइमको रु. ३२.९९ लाख र प्रिमियमको रु. ३६.९९ लाख रहेको छ ।
नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ को हल ‘बी’, स्टल ‘एल–६’ मा पुगेर इ.मास ५ प्रत्यक्ष अवलोकन तथा बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ ।















