Dhulikhel Eco Banner new

प्रभु बैंकका ग्राहकलाई र ग्रीन लाइफ हेल्थ केयरमा आकर्षक छुट

4.86K
shares

काठमाडौं, ३० साउन । प्रभु बैंक लिमिटेड र ग्रीन लाइफ हेल्थ केयर प्रा .लि. का बीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेष राज धमला र ग्रीन लाइफ हेल्थ केयर प्रा .लि. का तर्फबाट प्रमुख प्रशासनिक अधिकृत डा. सरिता ढकालद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक र उक्त प्रा .लि बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले ग्रीन लाइफ हेल्थ केयर प्रा .लि. द्धारा सञ्चालित सेवामा, (चिकित्सक परामर्श शूल्क) बाहेक अन्य सेवा शूल्कमा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ ।

साथै फार्मेसी सेवा शूल्कमा १० प्रतिशत छुट प्राप्त हुने भएको छ । सम्झौता अन्तर्गत ग्रीन लाइफ हेल्थ केयर प्रा .लि. मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, ग्रीन लाइफ हेल्थ केयर प्रा .लि.का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ ।
यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुनेछन् भन्ने बैंकले विस्वाश लिएको छ ।