विराटनगरमा अन्तर्राट्रिय कृषि तथा औद्योगिक प्रदर्शनी हुने
वि.सं.२०७९ असोज १४ शुक्रवार १०:२८
shares

काठमाडौं, १४ असोज । प्रदेश नम्बर १ का रोजधानी विराटनगरमा अन्तर्राष्ट्रिय विराट कृषि तथा औद्योगिक प्रदर्शनी आयोजना हुने भएको छ । उद्योग संगठन मोरङको आयोजनामा हुने विराट एक्स्पो २०७९ (कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी) विराटनगरमा आयोजना हुने भएको हो ।
उक्त प्रदर्शनी आगामी २०७९ साल २९ मंसिरदेखि ६ पुससम्म सञ्चालन हुने भएको छ । प्रदर्शनी आयोजना गर्ने विषयमा एदोग संगठन मोरङले बिहीबार पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएको हो ।
७ औँ संस्करणको प्रदर्शनी यसपटक विराटनगर महानगरपालिका १४ मा रहेको स्नातकोत्तर क्याम्पसको प्राङ्गणमा आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी दिएको छ । द्योग संगठन मोरङ उपाध्यक्ष तथा व्यवस्थापन मूल समितिका संयोजक भोलेश्वर दुलालले यस अघी विरटनगर २ मा आयोजना गरिदै आएको उक्त प्रदर्शनी यसपटक भने वडा नम्बर १४ मा आयोजना गर्न लागिएको बताए ।
संयोजक दुलालका अनुसार, प्रदर्शनीमा ४१५ वटा स्टलहरु रहनेछन् । कृषि तथा कृषि उद्यम, घरेलु तथा साना उद्योग, उत्पादनमूलक औद्योगिक उत्पादन र उत्पादनको प्रकृया, व्यावसायिक विकास सेवाहरु, आपूर्ति श्रृङ्खलाका कर्ताहरु, नवीनत सोच एवं प्रविधिमा आधारित उद्योगहरु, अन्तर्राष्ट्रिय एवं सेवामूलक, अटोमोवाइल्स, खाद्य परिकार, सूचना एवं शिक्षामूलक क्षेत्रबाट प्रदर्शनीमा सहभागिता रहनेछ ।
भारत, बंगलादेश, भुटान, पाकिस्तान, थाइल्याण्ड, चीनलगायतका मुलुकका व्यापारिहरुका कर्पोरेट स्टलहरु रहने गरी तयारी अघि बढाइएको छ । प्रदर्शनीमा मोरङ, सुनसरी, झापा, प्रदेश १ का सर्वसाधारण, संघ, प्रदेश र स्थानीय सरकारका उच्चपदस्थ नीति निर्माताहरु, उद्योगी/व्यवसायीहरु, विद्यार्थीहरु, कृषकहरुको सहभागिता हुने अपेक्षा राखिएको छ ।
















