Dhulikhel Eco Banner new

रुद्राक्षको व्यापार आधा घट्यो, कोरोनाका कारण चीन तर्फको व्यापार ठप्प

7.58K
shares

काठमाडौं, १४ असोज । नेपालमा पछिल्लो समय रुद्राक्षको व्यापारमा गिरावट आएको छ । पछिल्ला वर्षहरुमा रुद्राक्षको व्यापार करिब करिब ५० प्रतिशतले गिरावट आएको रुद्राक्ष व्यवसायी संघका अध्यक्ष मनोज चापागाईले जानकारी दिए ।

कोरोनाका कारण करिब ३ वर्षदेखि विदेश निर्यात ठप्प जस्तै रहेको उनले भनाइ छ । उनले गत आर्थिक वर्षमा करिब साढे अर्बको मात्रै रुद्राक्ष व्यापार भएको छ । कोरोनाभन्दा पहिलेको समयमा करिब ४–५ अर्बको व्यापार हुने गरेको उनले जानकारी दिए । पछिल्लो समय पूर्ण रुपमा भारतीय बजारमा निर्भर हुनु परेको र चीन तर्फको व्यापर ठप्प नै रहेको उनले बताए ।

विदेशबाट व्यापार आउन नसकेको र नेपालबाट समेत उता पठाउन नसकिएको अध्यक्ष चापागाइले बताए । रुद्राक्षको व्यापार ८० प्रतिशत विदेशमा र २० प्रतिशत मात्रै नेपालमा हुने गरेको अध्यक्ष चापागाइले बताए । विदेशमा पनि भारत र चीन तर्फ व्यापार बढी हुने गरेको भनाइ छ । उनका अनुसार अहिले चिन तर्फको व्यापार ठप्प जस्तै रहेको छ ।

कोरोनाका कारण नाकामा आएको समस्याका कारण रुद्राक्ष निकासी हुन नसकेको उनले बताए । स्वदेशमा नै तालिम दिएर सामग्री बनाउन सकेको खण्डमा यस्तो महामारीको समयमा पनि रुद्राक्ष खरे नजाने उनको भनाइ छ ।

यसका लागि सरकारले र सरोकारवालाले सहयोग गर्नु पर्ने उनको तर्क छ । विदेशमा माग भएको उत्पादन पनि भइरहेको वस्तुमा राज्यले विशेष ध्यान दिनु पर्ने उनले बताए । हस्तकलाका सामग्री बनाउन सकेको खण्डमा धेरै फाइदा लिन सकिने उनको भनाइ छ ।