‘मनि मित्र’ सेयरबजार लगानीकर्ताको साथी बन्दै
वि.सं.२०७९ चैत १७ शुक्रवार १५:००
shares

‘आइडियाप्रनर नेपाल’ ले वित्तीय व्यवस्थापन र ज्ञानमा आधारित लगानीलाई परिष्कृत गर्न ‘मनि मित्र’ एप र सफ्टवेयर सार्वजनिक गरेको छ । सफ्टवेयरलाई प्रयोगकर्ताले वेवसाइटमा डब्ल्यु डब्ल्यु डब्ल्यु.मनिमित्र.कम र एपलाई प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गरि प्रयोग गर्न सक्नेछन् ।
आइडियाप्रनर नेपालले सन् २०२० देखि नेपालमा वित्तीय साक्षरता प्रवर्धनको भुमिका निभाउँदै आएको छ । ‘मनि मित्र’ एपको सुरुवाती मुल्य रु. २९९ रहेको छ । यस एपबाट नेपालको सेयरबजारमा लगानी गर्न चाहने लगानीकर्ताले आवश्यक पर्ने वित्तीय जानकारी, प्राविधिक विश्लेषण र वित्तीय व्यवस्थापन लगायतका सेवाहरुको जानकारी लिन सक्ने छन् ।
मनि मित्रको निशुल्क संस्करणमा भने प्रयोगकर्ताले उपलब्ध सीमित सेवाहरु मात्र प्रयोग गर्न सक्नेछन् । साथै प्रयोगकर्ताले मनि मित्रको एकै सदस्यता भित्र कम्पनीको सम्पुर्ण विवरण, जानकारी र डाटा रहेको गुरु मन्त्र, ब्रोकरहरुको विवरण विश्लेषण, व्यक्तिगत वित्तीय व्यवस्थापनको लागी वृद्धि र ज्ञान वृद्धिका लागी आइडियाप्रेन्युर ज्ञान समेत प्राप्त गर्न सक्नेछन् ।
मनि मित्रको प्रोडक्ट ‘गुरुमन्त्र’मा प्रयोगकर्ताले नेप्सेमा सूचीकृत रहेका सम्पूर्ण कम्पनीको वित्तीय विवरण, प्राविधिक विश्लेषण टुल , दैनिक मार्केटिङ डाटा, सेयरबजारको कारोबारबाट प्रभाव पर्ने कम्पनीको विवरण, जस्ता विषयमा जानकारी प्राप्त गर्न सक्नेछन् । प्राविधिक विश्लेषण चार्ट भने निःशुल्क प्रयोगका लागि उपलब्ध छ ।
गुरु मन्त्रमा रहेको स्टब बास्केटमा विभिन्न १६ आधार कम्पनीहरु समूहगत रुपमा रहेका छन् ।
नेप्से उपसमूहको अन्य कम्पनीको तुलनामा राम्रो वित्तीय अवस्था र लगानीमा राम्रो प्रतिफल दिन सक्ने कम्पनीहरुलाई समूहगत रुपमा सुपर कमर्शियल बैंक, सुपर हाइड्रोपावर, सुपर डेभलपमेन्ट बैंक, सुपर फाइनान्स, सुपर नन लाइफ इन्स्योरेन्स, सुपर माइक्रोफइनान्स, सुपर लाइफ इन्स्योरेन्समा राखिएको छ ।
त्यस्तै उच्च लाभांस दिनेलाई डीभिडेण्ड स्टार, समूहमा राम्रो मुनाफा गरिरहेका र राम्रो लाभांस प्रदान गर्ने क्षमता भएका कम्पनीहरुलाई फरेभर ब्लु चिप, छुटको मूल्यमा किन्न सकिने कम्पनीहरुलाई मेगा बार्गेन, उदाउँदा कम्पनीहरुलाई राइजिङ स्टार, ब्रोकरहरुले उच्च मात्रामा बिक्री गरेका कम्पनीहरुलाई डिस्ट्रीव्युसन, अप्रत्यासित रुपमा मूल्य बढीरहेका र लगानीकर्तालाई मनोवैज्ञानिक रूपमा प्रभावित गरेका कम्पनीहरुलाई बबल ट्रयाप, बेन्जामिन ग्रहामको भ्यालु इन्भेष्टमेन्ट विधिमा आधारित अण्डर भ्यालुड कम्पनीहरुलाई ग्राहम फेबरेट, ब्रोकरहरुले पछिल्लो समय उच्च मात्रामा खरिद गरिरहेका कम्पनीहरुलाई ब्रोकर फेबरेट, उच्च नेटवर्थ र लाभांस वितरण क्षमता भएका कम्पनीहरुलाई रिजर्भ किंग गरि १६ समुहमा विभाजित गरिएको छ ।
















