धनुषाको महिनाथपुर बोर्डरबाट ४०० किलो अबैद्य कुखुरा पक्राउ
वि.सं.२०७९ चैत १७ शुक्रवार १५:१६
shares

काठमाडौं, १७ चैत । धनुषाको महिनाथपुर बिओपीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) मदन बहादुर धानुकले सीमा क्षेत्रमा निगरानी बढाएका छन् । डिएसपी धानुकको कमाण्डको टोलीले शुक्रबार विहान ४०० किलो अवैद्य कुखुरा पक्राउ गरेको हो ।
भारतबाट अवैद्य रुपमा चोरी निकासी गरी ल्याउँदै गरेको ४०० किलो कुखुरा पक्राउ गरेका हुन् ।सरकारले भारतबाट अवैद्य रुपमा कुखुरा नेपाल ल्याउन प्रतिबन्ध गरेको अवस्थामा व्यापारीहरुले चोरी निकासी गरी भारी मात्रामा कुखुरा ल्याउन लागेको खबर पाएसँगै डिएसपी धानुकको कमाण्डमा खटेको टोलीले ४०० किलो कुखुरा पक्राउ गरेको हो ।
विदेह नगरपालिका वडा नं. १ महिनाथपुर सीमा क्षेत्रबाट बिहानै चारवटा मोटरसाईकलसहित ४०० किलो कुखुरा पक्राउ परेको छ । डिएसपी धानुकका अनुसार, ४ लाख ५० हजार मूल्य बराबरको समान पक्राउ गरिएको हो ।
भेटेनरीको क्वारेन्टाइनबाट समेत भारतबाट पंक्षीजन्य जीव आयातमा प्रतिबन्ध लगाउने निर्णय गरिएको अवस्था रहेको छ । कुखुरामा देखिने विभिन्न खाले रोगलाई मध्यनजर गर्दै भारतबाट कुखुरा आयातमा प्रतिबन्ध लगाएको हो ।
















