टीसीएल टिभी, वाशिङ मेशिन र फ्रिजमा उपहार र छुटसहितको नयाँ वर्ष अफर
वि.सं.२०८१ चैत ३१ आइतवार १७:५५
shares

काठमाडौं, ३१ चैत । अन्तर्राष्ट्रिय इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले नयाँ वर्ष २०८२ को अवसरमा ‘नयाँ वर्ष, नयाँ भिजन’ अभियान सुरु गरेको छ। आधिकारिक वर्ल्डवाइड ओलम्पिक पार्टनर र अल्ट्रा लार्ज स्क्रिन टिभी ब्रान्डका रूपमा परिचित टीसीएलले यो विशेष अभियानमार्फत उपभोक्ताहरूलाई आकर्षक अफरहरूको साथमा नयाँ वर्षको शुभकामना दिएको हो।
कम्पनीका अनुसार अभियान अन्तर्गत उपभोक्ताहरूले विभिन्न टीसीएल उत्पादनहरूमा २ लाख ८२ हजार रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्। साथै, ठूला साइजका टिभीहरूमा ९८, ८५ र ७५ इन्चका एलईडी टिभी खरिदमा साउन्ड बार उपहार दिइनेछ।
यस्तै, वाशिङ मेशिनमा ६ केजीको यरियल मेटिक डिटरजेन्ट, फ्रिज खरिदमा मिक्सर ग्राइन्डर, र वाटर डिस्पेन्सर तथा साउन्ड बारमा छुट उपलब्ध गराइएको जनाएको छ। नयाँ वर्षको सुरुवातसँगै गुणस्तरीय इलेक्ट्रोनिक्स सामान सुलभ मूल्यमा प्राप्त गर्न सकिने यो अफर सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ। उपभोक्ताहरूले थप जानकारीका लागि नजिकको टीसीएल शोरूम वा आधिकारिक विक्रेताहरूसँग सम्पर्क गर्न सक्नेछन्।


















