Dhulikhel Eco Banner new

इन्लाइटन इन्टरनेसनलको ‘जापान बुटक्याम्प ७.०’ काठमाडौंमा, जापान पढ्न चाहने विद्यार्थीका लागि विशेष अवसर

3.17K
shares

काठमाडौं, १८ जेठ । विदेशमा उच्च शिक्षाका लागि तयारी गरिरहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै शैक्षिक परामर्श संस्था इन्लाइटन इन्टरनेसनल एजुकेशनले ‘जापान बुटक्याम्प ७.०’ आयोजना गर्ने भएको छ।

कार्यक्रम आगामी जेठ २३ गते, काठमाडौंको बागबजारस्थित इन्लाइटन परिसरमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ। बुटक्याम्प विशेषगरी प्लस टु, ब्याचलर र मास्टर्स तह पास गरिसकेका तथा जापानमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि लक्षित गरिएको हो।

कार्यक्रम जापानी भाषा परीक्षाहरू जेलपिटी, एनएटी, जेपीटी, जेएलसीटी र जे–सर्ट को तयारीमा केन्द्रित हुनेछ । जुन जापानका विश्वविद्यालयहरूमा भर्ना, रोजगारी र स्किल भिसा प्राप्त गर्न अनिवार्य मानिन्छन्।

बुटक्याम्पमा सहभागी विद्यार्थीहरूले जापानका विभिन्न स्कुल, कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने मौका पाउनेछन्। उनीहरूबाट परीक्षामा उत्कृष्ट नतिजा ल्याउने टिप्स, विश्वविद्यालयमा भर्ना प्रक्रिया र स्किल भिसा सम्बन्धी विस्तृत जानकारी लिन सकिनेछ।

कार्यक्रममा सहभागी हुने विद्यार्थीहरूका लागि सिनेमा टिकट तथा आकर्षक उपहारहरूको समेत व्यवस्था गरिएको छ।

साढे एक दशकदेखि विदेश अध्ययनका क्षेत्रमा अनुभव सँगालेको इन्लाइटन इन्टरनेसनल एजुकेशन विद्यार्थी र अभिभावकहरूबीच विश्वासिलो संस्थाको रूपमा परिचित छ। सहज भिसा प्रक्रिया, भरपर्दो परामर्श र नियमित मार्गदर्शनका कारण यस संस्थाले शैक्षिक परामर्श क्षेत्रमा फरक पहिचान बनाउँदै आएको छ।